विराटनगरको नोबेलमा सुत्केरी मृत्यु प्रकरण : दुईलाखमा कुरा मिल्यो, ३६ हजार मिनाहा

विराटनगरको नोबेलमा सुत्केरी मृत्यु प्रकरण : दुईलाखमा कुरा मिल्यो, ३६ हजार मिनाहा

विराटनगर, १६ साउन । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ । मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गर्ने तथा लालन पालनको लागि २ लाख दिने सहमती भएको हो ।

नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिए भएपछि बिवाद सुल्झिएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गरेको छ । त्यस्तै तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमति भएको छ । नवजात शिशुको लालनपालनका लागि अस्पतालले २ लाख रुपैयाँ दिएको छ । अस्पतालसँगको सहमति पश्चात मृतकको आफन्तले आज शव बुझेर लगेका छन् भने हिजोदेखिको आन्दोलन टुङ्गीएको छ ।

सुनसरी झुम्काकी पार्वती कार्की प्रसूतिका लागि सोमबार भर्ना भएकोमा उनको बुधबार मृत्यु भएको थियो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । नर्मल सुत्केरी भएकी उनको अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर फाल्ने भन्दै अप्रेसन थिएटर लगेका थिए ।
पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
सामान्य रुपमासुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तहरुले अस्पतालमा आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्