बोलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालकको बसले किचेर ज्यान गयो

बोलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालकको बसले किचेर ज्यान गयो

सुनसरी, १८ साउन । सुनसरीको ईटहरी उप–महानगरपालिका २० पानिपिया स्थित कोशीराजमार्ग जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

धरानबाट ईटहरी तर्फ आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई धरानबाट ईटहरी तर्फ आउदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोले ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालक सुनसरीको धरान ८ का २३ बर्षिय संजु गुरुङलाई ईटहरीबाट धरान तर्फ जादै गरेको मे.१ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी तरहरा गएको प्रहरी टोलीले बोलेरो र चालक उदयपुरको बेलटार ३ बस्ने वर्ष ४२ को सन्तमान याक्खा , बस र चालक झापाको मेची नगर नगरपालिका १ बस्ने वर्ष ४३ को रमेश खतिवडालाई नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्