बिराटनगरमा “कोल्थ बैंक” अभियान संचालन गर्ने युवाहरु सम्मानित

बिराटनगरमा “कोल्थ बैंक” अभियान संचालन गर्ने युवाहरु सम्मानित

बिराटनगर साउन १८ ,

लियो क्लब अफ बिराटनगरको आयोजनामा आज बिराटनगरमा भएको लिडरसिप वर्कशपमा २ युवा अभियन्ता सम्मानित भएका छन् । कार्यक्रममा बिराटनगरमा गरिब र आसयको लागि कपडा बैंक संचालन गर्ने २ युवा पेरिस सुबेदी र भुषण लिम्बु सम्मानित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई सम्मानित गरेका थिए ।

१७०० परिवारलाइ निशुल्क लुगा प्रदान गर्ने क्लोथ बैंक अभियानता सम्मानित भएका हुन् । बिराटनगरको ट्राफिक चोकमा अहिले पनि उक्त अभियान जारी रहेको अभियन्ता सुबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्