क्लासिकटेक १० औं बर्षमा , मेयर पराजुलीले विराटनगरका विभिन्न स्थानमा विरुवा रोपे

क्लासिकटेक १० औं बर्षमा , मेयर पराजुलीले विराटनगरका विभिन्न स्थानमा विरुवा रोपे

विराटनगर १८ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १० औ वार्षिक उत्सबको अवसरमा शनिवार बिराटनगरको तिनपैनी ,पुष्पलाल चौक सडक खण्डको लेनमा साना खाले विभिन्न प्रजातीका बृक्षहरु रोपिएको हो ।


कार्यक्रममा बिराटनगर महानगरका मेयर भीम पराजुली , वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल र क्लासिक टेक क्षेत्रीय प्रबन्धक भूपाल काकीर्ले बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले विराटनगरका सबै खाले संघ ,संस्था र नगरवासीको समन्वयमा विराटनगलाई सुन्दर सहर बनाउन सकिने बताए । महानगरका हरेक सकारात्मक कदममा नगरवासी सवैको साथ सहयोग भए सुन्दर सहरको सपना पुरा हुने बताए ।


नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको क्षेत्रीय प्रबन्धक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्