विराटनगरको हिमालय दर्शन कलेजको ‘रिसर्च वेष्ट भिजिट’ विराटनगरदेखी धनकुटासम्म..(फोटो फिचर )

विराटनगरको हिमालय दर्शन कलेजको ‘रिसर्च वेष्ट भिजिट’ विराटनगरदेखी धनकुटासम्म..(फोटो फिचर )

प्रेम देवान
विराटनगर १८ साउन । विराटनगर ९ मा रहेको हिमालयन दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका छन् ।
कलेजमा अध्ययरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले त्यहाँ पुगेर आईटी प्रयोग भएको वा नभएको बारेमा बुझेका थिए । विद्यार्थीहरुको फरक फरक समुह बनाएर विभिन्न विषयमा विद्यार्थीलाई अध्ययन तथा अनुसान्धान गराइएको थियो ।

विद्यार्थीहरुले त्यहाँ रहेका सरकारी तथा निजी कार्यालय, स्कुल, कलेज, सामाजिक संघसस्था, र स्थानिय व्यावसायीहरुले आईटीको प्रयोग गरेका छन् की छैनन् भन्ने विषयमा अनुसन्धान गरेका थिए । साथै यो क्षेत्रमा ईन्टरनेटको पहुचमा पुगेका छ् कि छैनन्, यदि पुगेका छन् भने ईन्टरनेटको प्रयोगबाट आफ्नो कार्य संचालन गरेका छन् की छैनन् भन्ने विषयमा अध्ययन तथा अनुसन्धान गरेका थिए ।


कलेजमा विद्यार्थीले पढ्नुपर्ने विषय सुचि अतिरिक्त विद्यार्थीहरुलाई धनकुटा सम्म लगेर आईटीको प्रयोग गरेका नगरेको बारे अनुसन्धान गराईएको कलेजका सस्थापक निर्देशक भेषराज पोखरेलले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई यसरी फिल्ड वर्कमा ल्याएर विभिन्न क्षेत्रका लक्षित बर्गसँग प्रत्यक्ष छलफल तथा अन्र्तवार्ता गरी सिपमुलक शिक्षालाई सहयोग गर्न सहयोग मिल्ने पोखरेलले दावी गरे ।
विआइएम विषयका विद्यार्थी लेसान्त सापकोटाले पढाईसंगै यस्ता अतिरिक्त फिल्ड वर्कबाट धेरै ज्ञान र सिप हासिल हुने बताए । साथै यसरी प्रत्यक्ष रुपमा लक्षित समुदाय सम्म आएर अन्र्तरबार्ता तथा अनुसन्धान गर्दा पढाईमा थप उर्जा मिल्ने सापकोटाले बताए । त्यसैगरी वि.सीएकी विद्यार्थी रन्जना पौडेल र वि.एस्सी सीएस आईटीका अनिस भक्त जोशीले रिसर्च वेष्ट भिजिटबाट विद्यार्थीले धेरै ज्ञान हासिल गरेको र आईटी विषयलाई ग्रामिणी भेगमा पनि प्रयोग गरी यसबाट धेरै नै लाभ लिन सकिने बताए ।


यसरी अध्ययन तथा अनुसन्धान गरेका रिर्पोटलाई विद्यार्थीहरुले केही दिनपछि सार्वजनिक गर्ने कलेजका आईटी डिर्पाटका कोअडिनेर सुमित कुमार साहले जानकारी दिए । हिमालय दर्शन कलेजले वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीए बाहेक विएच एम , वि.वि.एस विषयको पनि अध्ययापन गराउदै आएको छ । साथै कलेजले विद्यार्थीहरुलाई हिले र सिधुवा क्षेत्रको भौगोलिक वस्तुस्थितीको बारेमा फिल्ड भिजिटसँगै अवलोकन टुर गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्