विराटनगर १८ साउन । विराटनगरमा सहनी समाज गठन गरिएको छ ।
शिवराम सहनीको अध्यक्षतामा ११ सदस्यीय सहनी समाजको गठन गरिएको हो । समितिको उपाध्यक्षमा उमा सहनी, सचिवमा विकेश मुखिया, सहसचिवमा पंकज सहनी, कोषाध्यक्षमा लक्ष्मी सहनी रहेका छन् ।
समितिको सदस्यहरुमा पोषण सहनी, प्रमोद सहनी, बहमानन्द सहनी, सुनिल सहनी, जानकी सहनी, लक्ष्मीदेवी सहनी छन् । कार्यक्रममा १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको सचिव विकेश मुखीयाले जानकारी दिए ।