विराटनगरको चेतना संरक्षण प्रतिष्ठानद्धारा पत्रकार सहित सामाजका अगुवा पुरस्कृत

<span class='c1'>विराटनगरको चेतना संरक्षण प्रतिष्ठानद्धारा पत्रकार</span> <span class='c2'>सहित सामाजका अगुवा पुरस्कृत</span>

विराटनगर, १८ साउन ।   पत्रकार युवराज घिमिरेले आफूले सम्मानबापत पाएको ५१ हजार रुपैयाँ राशि बोन म्यारोको समस्याका कारण उपचाररत सुर्खेतका पत्रकार डिलप्रसाद शर्मालाई प्रदान गरेका छन्।

चेतना संरक्षण प्रतिष्ठानले विराटनगरमा आयोजित एक कार्यक्रममा शनिबार देशसञ्चारका सम्पादक युवराज घिमिरेलाई ५१ हजार रुपैयाँ राशिको चेतना संरक्षण सम्मान प्रदान गरेको थियो। सम्पादक घिमिरेले आफूले पाएको पुरस्कार राशि बोन म्यारोको समस्याका कारण उपचारत  सुर्खेतका पत्रकार शर्मालाई दिने घोषणा गरेका हुन्। पत्रकार घिमिरेले आफूलाई सम्मान गरेकामा चेतना संरक्षण प्रतिष्ठानलाई धन्यवादसमेत दिएका छन्।

प्रतिष्ठानको १४ औँ साधारण सभा तथा सम्मान कार्यक्रममा चेतना संरक्षण कार्यक्रमले घिमिरेसहित विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई पनि सम्मानित गरेको थियो। प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले घिमिरे, पराजुली र सुवेदीलाई सम्मानित गरेका थिए।

बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने पत्रकार शर्मा अहिले उपचारका लागि काठमाडौँमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्