बिराटनगर, १९ साउन । क्लासिक टेकले आफ्नो १० औ वार्षिक उत्सबको अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। बिराटनगरको तिनपैनी चौकबाट सुरु भएको कार्यक्रम नेता चौकमा गएर टुङ्गिएको थियो। कार्यक्रममा बिराटनगरको मेयर भीम पराजुली,वाड नं १ को वडाध्यक्ष उद्धव अर्याल, क्लासिक टेकको क्षेत्रीय प्रबन्धक भूपाल कार्कीको उपस्थिति रहेको थियो। मेयर पराजुलीले कार्यक्रम गरिएको प्रति खुसी ब्यक्त गरे ।
नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले गत साता ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ ।
एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको क्षेत्रीय प्रबन्धक कार्कीले जानकारी दिए । विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेकले आम नागरिकसम्म २१ वटा भन्दा बढी शाखा मार्फत सेवा प्रदान गरिरहेको कार्कीले जानकारी दिए ।