विराटनगरमा मानविय फाउन्डेसनको बालबालिकालाई विभिन्न सहयोग हस्तान्तरण

विराटनगरमा मानविय फाउन्डेसनको बालबालिकालाई विभिन्न सहयोग हस्तान्तरण

बिराटनगर १९  साउन ,

विराटनगरमा मानविय फाउन्डेसनले बालबालिकालाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ  । उक्त सस्थाले विराटनगर १७ स्थित रधुपति स्कुलमा बिद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री साथै खाना ख्वाएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बालबालिकाको निम्ति काम गर्न सुरु गरिएको उक्त संस्थाले आफ्नो पहिलो कार्यक्रमको रुपमा उक्त सहयोग गरेको संस्थाका मनिस शाहले जानकारी दिए । सस्थाले ३२ जना बिद्यार्थीलाई स्कुल ब्याग , कापी तथा पेन्सिल सहयोग गरेको शाहले बताए ।

सस्थाले आफ्नो स्थापनाको अवसर पारेर केक समेत बालबालिका माझ काटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्