विराटनगरमा स्नातकका यस्ता कलेज : नेपालदेखि बेलायतसम्मका डिग्री विराटनगर मै पाइने

विराटनगरमा स्नातकका यस्ता कलेज : नेपालदेखि बेलायतसम्मका डिग्री विराटनगर मै पाइने

विराटनगर । केहि बर्ष अघि सम्म विराटनगरमा स्नातक पढ्न खासै कलेजहरु थिएनन् । बिद्यार्थीहरुले आफ्नो +२ कक्षा सकाएर कि काठमाडौं कि भारत मै जानुपर्ने वातावरण थियो राम्रो उच्च शिक्षा लिनको लागि . तर आज बिराटनगर स्कुल लेवलमा मात्रै हैन स्नातक लेवलमा पनि बिद्यार्थीको रोजाइमा पर्न थालेको छ ।

विराटनगरमा हाल संचालनमा रहेका कलेजहरुले स्नातक लेवलमा बिभीन्न विधामा कोर्षहरु संचालन गर्दै आएका छन् ।  नेपालका विश्व बिधालय मात्रै हैन बेलायतको विश्वविद्यालय सम्मका कोर्ष बिराटनगरमा पाइन् थालेपछि काठमाडौं वा विदेश जाने बिद्यार्थीको संख्या घटेको छ ।

बिराटनगरमा हाल संचालनमा रहेका स्नातक कलेज यस्ता छन् :

१. मेरिल्याण्ड कलेज बिराटनगर 

बिराटनगरमै बसेर बेलायतको डिग्री लिन चाहने बिद्यार्थीको लागि मेरिल्याण्ड कलेजमा वाल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा व्यस्थापन संकायको बिबिएम डिग्री संचालनमा रहेको छ । बिराटनगर भृकुटी चोकमा रहेको कलेजमा ४ बर्षे उक्त कोर्ष संचालनमा आएपछि काठमान्डौ वा विदेश जाने बिद्यार्थीको संख्या घटेको छ । अन्तर्राष्ट्रिय बिधिबाट पढाई हुने उक्त कलेजमा भारत सम्मका बिद्यार्थी आउने गरेको कलेजले जनाएको छ ।

२. नेहरिका कलेज : 

बिराटनगरको मुटु बरगाछीमा रहेको यस कलेजमा व्यस्थापन साथै आइटी बिषयको पढाइ हुने गरेको छ । त्रिभुवन विश्वबिद्यालयको बिबिएस , सीएसआइटी , बिएचएम (होटेल म्यानेजमेन्ट) , बिसिए र बिआइएमको कोर्ष पढाइ हुदै आएको कलेजका अध्यक्ष रुपेश खतिवडाले बताए । बिद्यार्थीलाई आइटी तथा म्यानेजमेन्टमा अब्बल बनाउने उदेश्यका साथ संचालनमा रहेको उक्त कलेजमा पनि बिद्यार्थीको आकर्षण बढेको छ ।

३. हिमालय दर्शन कलेज 

बिराटनगरको रोडशेष चोक नजिकै रहेको यस हिमालय दर्शन कलेज शिक्षादिप कलेज र मेरिल्याण्ड कलेजको सहकार्यमा संचालनमा रहेको छ । कलेजमा त्रिभुवन विश्वबिद्यालयको बिबिएस , सीएसआइटी , बिएचएम (होटेल म्यानेजमेन्ट) , बिसिए र बिआइएमको कोर्ष पढाइ हुने  कलेजका अध्यक्ष  ज्ञानु खड्काले जानकारी दिए । कलेजमा बिषय स्तरका दक्ष जनशक्तिको एकेडेमिक टिमले बिद्यार्थीलाई आफ्नो क्षेत्रमा बिज्ञ बनाउने खड्काको दाबी रहेको छ ।

४. सस्थाम कलेज 

बिराटनगरको सस्थाम कलेज होटेल म्यानेजमेन्टको लागि पुर्वमा लोकप्रिय कलेज रहेको छ । कलेजमा होटेल म्यानेजमेन्ट (बिएचएम) साथै बिबिए पनि पढाई हुदै आएको छ । पुर्वान्चल विश्वबिद्यालयको सहकार्यमा सस्थाम कलेजमा उक्त कोर्ष संचालन हुदै आएको छ । कलेजको आफ्नै रत्ना होटेल र धनकुटामा होराइजन होटेल रहेको हुदा होटेल म्यानेजमेन्टका बिद्यार्थीको लागि तालिम साथै रोजगारीको अवसर रहेको कलेजले जनाएको छ ।

५. मेरिल्याण्ड अप्लाइड सिए एकेडेमी 

बिराटनगरको मुनालपथमा रहेको बिराटनगरको एकमात्र सिए पढाइ हुने कलेजको रुपमा यस कलेज रहेको छ । कलेजमा सिएको अध्यायनको लागि बिराटनगर साथै प्रदेश १ र प्रदेश २ बाट पनि बिद्यार्थी आउने गरेको कलेजका निर्देशक किन्जन पोखरेलले जानकारी दिए ।

६. एम्स कलेज 

बिराटनगरको कलेज रोडमा रहेको यस कलेजमा त्रिभुवन विश्वबिद्यालयको बिबिएस , सीएसआइटी , बिएचएम (होटेल म्यानेजमेन्ट) , बिसिए र बिआइएमको कोर्ष पढाई हुदै आएको छ । कलेजले यस बर्षबाट बिएचएम (होटेल म्यानेजमेन्ट) को पनि कक्षा संचालन गर्न लागेको कलेजका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए ।

७. महेन्द्र मोरङ कलेज 

बिराटनगरको शानको रुपमा रहेको महेन्द्र मोरङ कलेजमा पनि बिभिन्न कोर्ष संचालनमा रहेका छन् । कलेजमा त्रिभुवन विश्वबिद्यालयको बिबिएस , बिसिए , बिआइएम , बिबिए , बिपीए , बिबिएम , बीएसद्वालु (सोसियल वर्क) , पत्रकरिका , बिएसी लगायतका कोष संचालनमा रहेका छन् । नेपालमै ख्यातिप्राप्त उक्त कलेजमा बिद्यार्थीको आकर्षण बढ्ने क्रममा रहेको छ ।

८. नेपाल बिजनेस कलेज 

बिराटनगरको जनपथ टोलमा रहेको यस कलेजमा मलेसियाको लिंकन विश्वबिद्यालयको बिबिए डिग्री पढाइ हुदै आएको छ । बिगत ५ बर्षबाट संचालनमा आएको उक्त कलेजमा बिबिए पछी पढ्ने एमबिए कोर्ष समेत रहेको छ ।

९ . जेनिथ कलेज 

बिराटनगरको तिनटोलियामा रहेको जेनिथ कलेजमा पुर्वान्चल बिश्वबिध्यालयको कोर्ष संचालनमा रहेको छ । कलेजमा पियुको बिबिए कोर्ष पढाइ हुदै आएको छ ।

१०. बिराट क्षितिज कलेज : 

बिराटनगर-१२ कलेज रोडमा रहेको यस कलेजमा बिएसी सीएसआइटीबिसिएको कक्षा संचालनमा रहेका छन् । त्रिभुवन विश्वबिद्यालयको सम्बन्धनमा उक्त कलेज संचालनमा रहेको छ । कलेजमा आइटी क्षेत्रका बिभिन्न प्रयोग साथै वर्कशप समेत हुदै आएको छ ।

११, इडन्वर्ग कलेज : 

बिराटनगरको इडन्वर्ग कलेजमा पुर्वान्चल बिश्वबिश्यालयको बिपिएच (पब्लिक हेल्थ) साथै व्यस्थापन तर्फ बिबिए कोष संचालन हुदै आएको छ ।

१३. कोशी कलेज 

बिराटनगर बरगाछी स्थित कोशी कलेजमा त्रिभुवन विश्वबिद्यालयको बिबिएस साथै बिएड (एजुकेशन) को कोर्ष संचालन भइरहेको कलेजका निर्देशक मनिष सोनीले बताए ।

१४. सिटि कलेज 

बिराटनगरको सोमबारे हाटमा रहेको सिटि कलेजमा बिबिएस र बिएड (एजुकेशन) को कोर्ष पढाइ हुदै आएको छ । कलेजमा त्रिभुवन विश्वबिद्यालयको सहकार्यमा कक्षा संचालन हुदै आएको हो ।

यस्तै बिराटनगरको लर्ड बुद्ध कलेजमा त्रिभुवन विश्वबिद्यालयको बिबिएस , बिराटनगर रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा पनि बिबिएसको कोर्ष , एप्लाइड कलेजमा पनि बिबिएस साथै बिराट मल्टिपल कलेजमा पनि बिबिएसको कोर्ष संचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्