मन्त्री कुसियतको चीनको कोसेली ‘आयश्रोत बृद्धीको लागि त्यहाँबाट सिक्ने मौका’

मन्त्री कुसियतको चीनको कोसेली ‘आयश्रोत बृद्धीको लागि त्यहाँबाट सिक्ने मौका’

विराटनगर, १९ साउन ।
प्रदेश १ बाट चीनको भ्रमणमा गएको टोली धमाधम फर्किने क्रममा छ । केही दिन अघि मात्र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो सहितको टोली प्रदेशमा फर्किसकेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियेत आईतवार बिराटनगर आएका हुन् । प्रदेशमा फर्किए लगत्तै विराटनगर बिमानस्थलमा मन्त्री कुसियैतले प्रदेशको समृद्धीको लागि चिनीया लगानी कर्ता लगानी गर्न ईच्छुक रहेको सुनाए ।
‘चाईना संसारकै उत्कृष्ट देश हो त्यहाँबाट हामी नेपालीले धेरै सिक्नु पर्ने छ, मन्त्री कुसियतले भने, ‘आर्थिक आयश्रोत बृद्धी गर्नको लागि त्यहाँबाट हामीले सिक्ने मौका पायौँ ।’

प्रदेश १ बाट गएको टोली त्यहाँको अध्ययन र अनुसन्धान गरी त्यहाँ भएको प्रयोगलाई नेपालमा कसरी भित्र्याउन सकिन्छ भन्ने उदेश्यमा केन्द्रीत भएको मन्त्री कुसियतले सुनाए । खानेपानी (वाटर सप्लाई) कृषिमा भित्रिएका प्रबिधि र प्रयोग, पर्यटन भित्र्याउने आधार र संभावना तथा उद्योगहरुले अपनाएका नयाँ प्रबिधिको बारेमा हेर्ने र जान्ने मौका मिलेको मन्त्री कुसियतले सुनाए । चीनिया लगानी कर्ताहरु तमोर र सप्तकोशीमा लगानी गर्न ईच्छुक रहेको मन्त्री कुसियतले बताए । उनीहरुलाई वातावरण बनाउने हो भने उनीहरु लगानी गर्नको लागि तयार छन्, मन्त्री कुसियतले भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पनि काठमाडौँबाट एउटै बिमानमा बिराटनगर आएका थिए । कामको सिलसिलामा काठमाडौँ गएका मन्त्री कार्की पनि विराटनगर एउटै बिमानबाट फर्किएका हुन् । मन्त्री कार्कीले ठट्यौली पारामा भने, ‘दाईको स्वागतकोलागि भाई काठमाडौँ पुगेर लिएर आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्