विराटनगरको एन आई सी एसिया बैंक र होटल ह्यारिसन विच सम्झौता

विराटनगरको एन आई सी एसिया बैंक र होटल ह्यारिसन विच सम्झौता

विराटनगर १९ साउन । एन आई सी एसिया बैंक र होटल ह्यारिसन् विच एक आपसमा छुट दिने सम्झौता भएको छ । बैंक र होटल विच विराटनगरमा आईतबार एक अर्का विच विशेष छुट दिने सम्झौता भएको हो ।
होटलमा एन आई सी एसिया बैकका कर्मचारी, बैंकका डेविट, क्रेडिट र मोवाईल बैंकिङ कारोवार गर्ने सेवाग्राहीहरुलाई होटलमा छुट दिने भएको हो ।
एन आइसी बैंकका कर्मचारीलाई होटलले बस्नका लागी रुम चार्जमा २० प्रतिशत , खानाका परिकारमा ३० प्रतिशत छुट दिएको हो । यसका लागी दिउसो १२ बजेदेखि बेलुकी ६ बजे सम्म र अन्य बेला १० प्रतिशत छुट दिनेभएको छ ।
एन आईसी एसिया बैंक प्रदेश नम्बर एकका प्रमुख दिपक थापा र उप– प्रमुख विष्णु प्रसाद आर्चाय र ह्यारिसन होटलका जेनेरल मेनेजर राजेन्द्र प्रसाद दाहाल र मेनेजर प्रदिप पोखरेलले एक आपसमा छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकले यस अघि विभिन्न अस्पतालहरुसँग पनि सम्झौता गरिसकेको एन आई सी एसिया वैंक विराटनगरका दिनेश भगतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्