पुुरानै घरमा फर्किए ‘विप्लव’ सगरमाथा व्यूरो संयोजक घिमिरे, ‘सांस्कृति आन्दोलन मार्फत मुलुकलाई समृद्ध बनाउछु;

पुुरानै घरमा फर्किए ‘विप्लव’ सगरमाथा व्यूरो संयोजक घिमिरे, ‘सांस्कृति आन्दोलन मार्फत मुलुकलाई समृद्ध बनाउछु;

विराटनगर १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले खादा र अविर लगाएर स्वागत गरे । घिमिरेले मुख्यमन्त्री राई कै पहलमा आफू नेकपा प्रवेश एवं ‘विप्लव’ समूह परित्याग गर्न सहमत भएको र साहित्यिक एवं सांस्कृति आन्दोलन मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्ने बताए ।

पहिले आफू तत्कालिन एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा रहेर काम गरिरहँदा विचारमा वितृष्णा भएका कारण बाटो विराए पनि अहिले पुुरानै घरमा फर्किएको उनले बताए । स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा आफू ४० दिन प्रहरी हिरासतमा बस्दा एकीकृत जनक्रान्तिको विकल्प छैन भन्ने लागे पनि पछिल्लो समय ‘विप्लव’ प्रति सबैको वितृष्णा बढेर गएको घिमिरेले बताए । भोजपुर घटनामा ‘विप्लव’ समूह र प्रहरी दुवैतर्फ क्षति भएपछि भने झन जनतामा वितृष्णा बढेर गएको उनको भनाइ छ ।

‘ढिलो चाँडो गरेर सबैले ‘विप्लव’ परित्याग गर्छन नै । गर्नै पर्ने अवस्था आउने छ,’ उनले भने, ‘अब बन्दुक र बमले मुलुक समृद्ध बन्दैन । नेपाली जनताको सपना बन्दुक बोकेर पूरा पनि हुँदैन र गर्न पनि सकिँदैन ।’ घिमिरेले ‘विप्लव’ समूहको पछिल्लो गतिविधी जनविरोधी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्