विराटनगर रानी मिल्श एरीयामा आफैले बोकेको ब्लेडले आफ्नै घाँटी रेटेपछि…

विराटनगर रानी मिल्श एरीयामा आफैले बोकेको ब्लेडले आफ्नै घाँटी रेटेपछि…

विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् ।


मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सडकमा लडिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । रक्ताम्य अवस्थामा भेटिएका उनलाई ईलाका प्रहरी रानीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल पुर्याएको छ ।
ब्लेडले काटेर घाँटीको अगाडि पट्टीको भागमा गहिरो चोट लागेको र श्वासनलीमा समेत असर परेको उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल खतिवडाले बताए । सामान्य बोल्न सक्ने अवस्थामा उद्धार गरिएका लिम्बू लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । प्रहरीका अनुसार उनी दैनिक जसो भारतको जोगवनी पुगेर लागुऔषध सेवन गर्दै नेपाल फर्कने गरेका थिए ।
सामान्य बोल्न सक्ने अवस्थामा रहेका उनले घरमा बुवा र आमा वृद्ध अवस्थामा रहेका कारण आफूलाई तनाव भएकाले ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनको अवस्था गम्भीर चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्