विराटनगरमा मापसेको तालमा एम्बुलेन्सको साईरन, मापसे गर्ने तीन चलाक एम्बुलेन्स सहित पक्राउ

विराटनगरमा मापसेको तालमा एम्बुलेन्सको साईरन, मापसे गर्ने तीन चलाक एम्बुलेन्स सहित पक्राउ

प्रेम देवान
विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चलाउदै गरेको अवस्थामा मापसे चेकिङ्ग गर्दा शनिबार राती विराटनगर ५ कंचनबारीबाट चालक सहित एम्बुलेन्स पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर ५ बस्ने २७ बर्षिय मुकेश चौहान र मोरङको सुनवर्सी नगरपालिका ६ बस्ने ३५ बर्षिय पुर्ण तामाङ रहेका छन् । तामाङले विप्लप थापा गोदार स्मृति प्रतिष्ठान नेपालको को २ च३१२१ नम्बरको एम्बुलेन्स चलाएका थिए भने चौहानले को १ च ४०७१ नम्बरको एम्बुलेन्स चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए ।
पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र दुवैलाई अबद्र व्यावहार सम्बन्धी म्याद थप गरी मुद्धा चलाईने डिएसपी खिउजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्