१३ औं साग गेमको लागि कराँते बन्द प्रशिक्षणमा विराटनगरका राम लिम्बू छनोट

१३ औं साग गेमको लागि कराँते बन्द प्रशिक्षणमा विराटनगरका राम लिम्बू छनोट

विराटनगर,१९ साउन ।  डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराँते बन्द प्रशिक्षणमा मोरङ विराटनगरका राम लिम्बू छनोट भएका छन् ।

लिम्बु सन् २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी पनि हुन् । १३ औं साग गेममा पुनः स्वर्ण जित्ने लक्ष्यकासाथ लिम्बू बन्द प्रशिक्षणमा छन् । लिम्बूका प्रमुख प्रशिक्षक तथा मोरङ कराते संघका अध्यक्ष विमल पोखरेलले लिम्बूसँगै कँरातेका लागि विवेक थापा, रोजन खड्का र सागर राउत छनोट भएको बताए । लिम्बू १३ वर्षपछि साग गेममा छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्