प्रहरीले बरामद सामान विराटनगर भन्सारलाई बुझायो

प्रहरीले बरामद सामान विराटनगर भन्सारलाई बुझायो

विराटनगर, १९ साउन ।
प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगरपालिका–६ केशलिया नहरबाट बरामद भएको ८४ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान भन्सार बुझाइएको छ । त्यस्तै बिहीबार नै मोरङको बुढीगंगा गाउँपालिका–४ बाट बरामद भएको ५० हजार मूल्य बराबरको किराना सामान भन्सार बुझाइएको खिउजुले बताए ।
उनका अनुसार शनिबार बेलुका विराटनगर–६ भट्टीमोड जाने सडकबाट बरामद भएको १६ हजार मूल्य बराबरको कुर्तसलवार पनि भन्सार बुझाइएको छ । डीएसपी खिउजुले भारतबाट कपडा लगायतका सामानको अवैध तस्करी हुने गरेको पाइएपछि नियन्त्रणका लागि विशेष निगरानी बढाउन थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्