धरानको सेउती पुल छेउ भारतीय एम्बुलेन्स पल्टियो

धरानको सेउती पुल छेउ भारतीय एम्बुलेन्स पल्टियो

विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ ।
बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार दीपराज अधिकारीले जानकारी दिए । घुम्ती कटाउन नसक्दा एम्बुलेन्स पल्टिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्