‘विराटनगर लिटल आइकन’ को तेस्रो संस्करण विराटनगरमा सुरु , पहिलो अडिसनमा २४ जनाले दिए अडिसन

<span class='c1'>‘विराटनगर लिटल आइकन’ को तेस्रो संस्करण विराटनगरमा सुरु</span> <span class='c2'>, पहिलो अडिसनमा २४ जनाले दिए अडिसन</span>

विराटनगर २० साउन । विराटनगरमा हुन गईरहेको तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ को पहिलो अडिसनमा २४ जनाले अडिसन दिएका छन् ।
विराटनगरमा रहेको भाइरल डान्स स्टूडियोले आयोजना गर्न लागेको तेस्रो संस्करणको पडिसनमा २४ जना बालबालिकाहरुले अडिसन दिएका थिए ।


स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विकास गराउनुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोतिा आयोजना गरिएको भाइरल डान्स स्टूडियोका निर्देशक मोहित जैनले बताए ।
प्रतियोगितामा १० देखि १५ वर्ष मुनिका बालवालिकाहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । पहिलो अडिसनपछि दोस्रो अडिसन विराटनगरमा साउन २५ गते हुने उनले जानकारी दिए ।
पहिलो अडिसनको निर्णयक दिपा कुन्दु, स्वेता तुलाधर र आकाश अग्रवाल रहेका थिए । प्रतियोगिताको बिजेताले आकर्षण गिफट ह्यार प्राप्त गर्नेछन् । यस अघि पनि भाइरल डान्सले भव्य रुपमा दुई संस्करणको लिटल आइकन गरिसकेको छ । ‘तेस्रो संस्करणको विराटनगर लिटल आइकन पनि भव्य र सभ्य हुनेछ,’ उनले भने, ‘प्रतियोगिताको पहिलो चरणको अडिसन पुरा भएको छ । उत्कृष्ट प्रतिभा देखाउने फाइनल राउण्डको लागि प्रतियोगिहरू छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्