उर्लावारीको खोला किनारमा भेटिएका जंङ्गी बाबा को हुन् !!

उर्लावारीको खोला किनारमा भेटिएका जंङ्गी बाबा को हुन् !!

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–७ स्थित पाथिभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा यतिबेला चर्चामा छन् । २ सय भन्दा बढी योग आशन गर्ने जङ्गी बाबा यतिबेला मिडियाको नजरमा परेका हुन् । अहिले दैनिक जसो आधा दर्जन मिडिया तथा यूट्यूब च्यानलहरुलाई अन्तरवार्ता दिँनैमा उनी ब्यस्त हुन्छन् ।
बि. सं. २०३३ सालको जन्म भएको बताउने उनले आफु निष्पक्ष र हरेक कुरामा स्पष्ट कुरा गर्न सक्ने भएकाले सबैले जङ्गी बाबा भनेर बोलाउने गरेको उनको भनाई छ । आफूलाई चर्चामा आउनु भन्दा पनि योगका ज्ञान सबैमा बाँड्ने योजना रहेको उनले सुनाए । सानै उमेरदेखि घर छोडेर सन्यासी जीवन जिताएका बाबाले भारतका विभिन्न स्थानहरुमा पुगेर ज्ञान हासिल गरेका छन् ।
‘म नेपाली बाबा हुँ’ उनी भन्छन्, ‘योगको ज्ञान बाँड्छु, चर्चामा आउनु छैन ।’ केही बाबाहरु चर्चाका लागि अनेकौं हत्कण्ड अपनाइरहेका बेला उनको चर्चालाई पनि संकास्पद हृप।यकाृ छ । तर उनी आफूलाई लोभलालच नभएको र सन्यासी जीवनमै खुशी रहेको बताउँछन् । क्षणिक सुख र मोजमस्तीमा नभई आध्यात्मिक ज्ञान, योग र सन्यासीमा जीवन ब्यतित गर्ने सोचाईमा पुगिसकेको उनको भनाई छ । उनले चाँडै योग ज्ञान शिबिर सञ्चालन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्