विराटनगरको निरभाना पाउरोटी उद्योग खाद्य गुणस्तरको टोलीद्धारा बन्द, १५० किलो पाउरोटी जफत

<span class='c1'>विराटनगरको निरभाना पाउरोटी उद्योग खाद्य गुणस्तरको</span> <span class='c2'>टोलीद्धारा बन्द, १५० किलो पाउरोटी जफत</span>

विराटनगर, २१ साउन ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले पाउरोटी भित्र मरेको साङ्लो भेटिएको बिषयमा अनुसन्धान शुरु गर्दै पाउरोटी उद्योगलाई बन्द गरेको छ । साउन १४ गते विराटनगर ११ जनपथ टोलीकी कमला अग्रवालले घरमा खाजा खानको लागि लगेको पाउरोटीमा मरेको साङ्लो भेटिएको थियो । मरेको साङ्लो भेटिएको बारेमा आवर विराटनगरले समाचार प्रकाशित गरेपछि शुक्रवार नै यो बारेमा अनुसन्धान शुरु भएको हो ।
विराटनगरको गुद्रीमा रहेको योगेस किराना पसलबाट किनिएको पाउरोटी विराटनगर १० शान्ति चोक नजिकै रहेको निरभाना कम्पनीको भएको थाहा पाएपछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तथा जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले उद्योगलाई बन्द गराएको हो । कम्पनीले उत्पादन गरेको १ सय ५० किलो उत्पादित पाउरोटी समेत जफत गरेको छ ।
क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोईरालाका अनुसार, झण्डै हजार पिस उत्पादित पाउरोटी गुणस्तर नभएको पाईएपछि जफत गरिएको हो । जफल गरिएको पाउरोटी प्रयोगशालामा परिक्षणको लागि राखिएको छ । प्रयोगशालाको प्रतिबेदन आउने बितिकै उद्योगलाई कुन प्रक्रियाबाट कार्वाही गर्ने भन्ने बारेमा निर्णय लिईने प्रमुख कोईरालाले जानकारी दिए ।
विगत ९ बर्षदेखी नारायण थापाले सञ्चालन गर्दै आएको निरभाना पाउरोटी कम्पनीबाट उत्पादन भएको ठुलो पाउरोटीको प्याकिङ भित्र मरेको साङ्लो भेटिएको थियो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले त्यसको अध्ययन गरी गुणस्तरमा ध्यान नदिएको पाईए मुद्दा चलाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्