विराटनगर, २१ साउन । यस बर्षको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगर सहित देशभरी हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो । गाईजात्रा विशेष कार्यक्रमलाई यो वर्षदेखि सातवटै प्रदेशमा गरिने भएको छ ।
ब्राण्डवर्थ प्रालिले पत्रकार सम्मेलन गरी गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगर, प्रदेश–२ को सिमरा, प्रदेश–३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।
प्रदेश नं १ को विराटनगर, सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै कार्यक्रम काठमाडौँमा अन्त्य हुनेछ । ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले गाईजात्रा विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारको सहभागिता रहने जानकारी दिए ।
मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डङ्गोल, शिवशङ्कर रिजाललगायत कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिएको बताए ।
बिराटनगरमा साउन ३२ कार्यक्रम हुनेछ भने प्रदेश नम्बर १ मा बिराटनगर जेसिसले आयोजनाको जिम्मा लिएको छ ।