लेटाङमा आगलागी हुँदा २ घर जलेर नष्ट , आगो पूर्ण रुपमा नियन्त्रणमा

लेटाङमा आगलागी हुँदा २ घर जलेर नष्ट , आगो पूर्ण रुपमा नियन्त्रणमा

भूमिका पाख्रिन

लेटाङ साउन २१

लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती स्थित मेष बहादुर विकको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार विहान करीब ४ बजे विकको घरको विद्यतु सर्ट भई आगलागी हुँदा करीब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायब निरीक्षक दिपक कटुवालले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी साथै सुन्दरहरैचा नगरपालिकाको दमकलको सहयोगमा घटना भएको करीब १ घण्टा पश्चात आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीका कारण विकको भान्सा घरका खाद्यान्न, त्यसैगरी राई र मगरको घरका खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको सोही वडाका वडाध्यक्ष जंगवीर तामाङले बताए । पीडितहरुलाई तत्काल खाद्यान्न सहित लत्ताकपडा वितरण गरीने साथै अन्य राहतका साम्रागी समेत वितरण गरीने लेटाङ नगरपालिकाका मेयर शंकर राई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्