इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता

इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता

काठमाडौं । इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ ।

बर्मिङ्घममा सम्पन्न पहिलो टेष्ट म्याच २ सय ५१ रनले जित्दै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो ।

३ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १ सय ४६ रनमै समेटिएपछि अष्ट्रेलियाले फराकिलो जित निकाल्यो ।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन टोलीको लागि सर्वाधिक ठूलो योगदान बन्यो ।

जेसन रोय र जो रुटले समान २८/२८ रन बनाएपनि इंग्ल्याण्डका ६ जना ब्याट्सम्यानले दोहरो अंकको स्कोर बनाउन सकेनन् ।

अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिँदै इंग्लीश पारी ध्वस्त बनाए ।

यसैगरी प्याट कमिन्सले ४ विकेट झारे । पहिलो पारीमा २ सय ८४ रनमा समेटिएको अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डले ३ सय ७४ रन बनाएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभेन स्मिथ र म्याथ्यु वाडले शतक बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

दुबै पारीमा शतक बनाउने क्रममा स्मिथले १ सय ४२ रन जोड्दा वाडले १ सय १० रन जोडेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तीको घोषणा गरेको थियो ।

३ सय ९८ रनको विशाल लक्ष्य पाएको इंग्ल्याण्ड १ सय ४६ रनमै समोटिएपछि श्रृंखलाको पहिलो खेलमै पराजित भएको हो । श्रृंखलाको दोस्रो टेष्ट म्याच यही अगष्ट १४ तारिखदेखि लण्डनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्