अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।


उनका अनुसार केराबारी–३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी–७ स्थित खदम खोलाबाट को १ त ५९०९ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो ।
दुवै साधनका चालक फरार रहेका कारण खोजी थालिएको खिउजुले बताए । मिक्स गिट्टी उत्खनन् गर्दै गर्दा जेसिबी पक्राउ परेको हो ।
ढुंगा लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्रयाक्टर फेला परेको थियो । डीएसपी खिउजुले नियन्त्रणमा लिएका दुवै साधनमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्