अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

<span class='c1'>अब बिराटनगर देखि धरान र काकडभिट्टा</span> <span class='c2'>विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी</span>

विराटनगर साउन २१ ,

नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ ।

ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ ।

विराटनगर, काकडभिट्टा, इटहरी, धरान, दमकलगायतका क्षेत्रमा ७ कठ्ठादेखि ९ कठ्ठासम्म जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनका अनुसार पहिलो चरणमा विराटनगर–काकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन हुने बताइएको छ । एउटा चार्जिङ स्टेशन निर्माण गर्न रु. ७० लाखसम्म खर्च हुने उनले बताए । सञ्चालन हुने बसको मूल्य रु.१ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बस अपाङ्गमैत्रीसमेत हुने बताइएको छ । एसीको सुविधासहितको बस सञ्चालन हुँदा अहिले तोकिएको भन्दा ३० प्रतिशत कम भाडामा सवारी चलाइने थापाको भनाइ छ ।

प्रदेश पोर्टल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्