विराटनगरकै उद्योगमा गुणस्तरहिन खाद्यबस्तु, क्वालिटी थाईफुडलाई दुई सहित ३४उद्योग बिरुद्ध मुद्दा

<span class='c1'>विराटनगरकै उद्योगमा गुणस्तरहिन खाद्यबस्तु, क्वालिटी थाईफुडलाई</span> <span class='c2'>दुई सहित ३४उद्योग बिरुद्ध मुद्दा</span>

विराटनगर, २१ साउन ।
आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योग बिरुद्ध मुद्दा चलाईएको छ । खाद्यमा स्वाच्छता नभएको पाईएको तथा गुणस्तरहिन उत्पादन गर्ने उद्योग तथा कम्पनीलाई मुद्दा दायर गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका अनुसार क्वालिटी थाई फुडमा फरक फरक बिषयमा दुईवटा मुद्दा दायर भएको छ । २०७६ असार ४ गते सो कम्पनीले उत्पादन गरेको तयारी चाउचाउमा तेलको एसिड भ्यालु बढी भएको, कुल भष्म बढी, प्रोटिन कम भएको पाईएपछि मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यालयमा परेको उजुरीका आधारमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले बिकेएम मसला बिरुद्ध तीनवटा मुद्दा दायर गरेको छ । विराटनगर १३ मा रहेको उद्योगले जिराको धुलोमा कुल भष्म बढी मिलाएको, मिक्स मसला र बेसारमा एसिड नघुल्ने भष्म बढी हालेको पाईएको छ । गोल्छा डेरी उद्योगको घ्युमा रिफ्रमक्टीभ ईन्डेक्स बढी पाईएपछि कार्वाहीको लागि मुद्दा दायर गरिएको हो ।
नाम चलेको बाबा आयल ईडष्ट्रिज उद्योग बिरुद्ध पनि मुद्दा दायर भएको छ । कटहरीमा रहेको बाबा भेजिटेबल आयल ईन्डष्टिज प्रा.लिको प्रशोधित सूर्यमुखी तेलमा पेरोक्साईड भ्यालु बढी भेटिएपछि कार्वाहीको लागि मुद्दा दायर गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रदेश प्रमुख प्रमोद कोईरालाले बताए ।
मोरङका यी उद्योगमा गुणस्तरको प्रश्न
पिउने पानीमा कोलिफर्म भेटिएपछि धेरै उद्योगहरुलाई मुद्दा दायर भएको छ । यसरी मुद्दा दायर भएका उद्योगहरुमा श्री जल उद्योग बिराटनगर १३, बिराटनगर ४ को गोमारानी उद्योग, विराटनगर ६ को पुजा फुड एण्ड बेभरेज प्रा.लि., विराटनगर १४ को जोनसन जल उद्योग, बिराटनगर १० कोे मंगलम बेभरेज उद्योग, विराटनगर ८ को शितल जल उद्योगमा पिएच कम तथा कोलिफर्म भेटिएको पाईएपछि मुद्दा दायर गरिएको कार्यालयका प्रमुख प्रमोद कोईरालाले जानकारी दिए । त्यस्तै बिराटनगर २ को तिरुपति जल उद्योग, बुढीगंगा १ को शुभ जल उद्योग, हाईकल वाटर ईडष्ट्रिज, विराटनगर ८ को गंगा जल उद्योग, दिब्यश्री जल उद्योग, माउण्टेन वाटर ईण्डष्ट्रिज, एसएसएस जल उद्योग, श्रीबाबा जल उद्योग सुन्दर हरैचा र केरावारीको क्यान एक्वा ईण्डष्ट्रिजलाईलाई पनि मुद्दा दायर गरेको छ । त्यस्तै अन्य धेरै उद्योगहरुले पनि गुणस्तरमा ध्यान नदिएको पाइएपछि मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्