विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ

<span class='c1'>विराटनगरका व्यापारीको हत्या गर्न आएका</span> <span class='c2'>भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ</span>

विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा र सार्पसुटर कुलानकुमार सिंह पक्राउ परेका हुन । उनीहरुलाई मंगलबार नै सार्वजनिक गरिएको छ ।

प्रहरीले गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोलीसहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा करिब डेढ महिनापछि हत्या गर्ने योजनाका मुख्य योजनाकार मन्नु गुप्ता, उनका सहयोगी हरिनारायण झालाई पक्राउ गरिएको बताइएको छ ।

भारतीय रुपैयाँ लाख हत्याको सुपारी लिएकामध्ये राज भनिने राजुकुमार रौनियार र राकेश झा फरार छन् । उनीहरु भारतीय नागरिक हुन् । उनीहरुको खोजी तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताएका छन् । उनले भने,‘‘कुलानको बयानका आधारमा अनुसन्धान गर्दा हत्या गर्न संगठित योजना बनेको खुल्न आएको हो ।’’

प्रहरीका अनुसार मन्नुले हरिनारायणसँग समन्वय गरी सुपारी दिएपछि हत्याको योजना भारतको सिताढीमा बनेको थियो । हरिनारायणले राकेश झासँग समन्वय गरेपपछि झाले कुलानकुमार सिंह र राजकुमार रौनियारलाई हत्याका लागि विराटनगरसम्म लिएर आएका थिए । उनीहरुले जनही एक लाख ६७ हजार भारु पाउने मौखिम सम्झौता थियो ।

हत्याका योजनाकार सिंह र रौनियार रौतहटको गौर हुँदै नेपाल प्रवेश गरी विराटनगर आएका थिए । सोही दिन बेलुका राकेशसँग भेटेका थिए । पछि उनीहरु होटल प्यासफिकमा बास बसे । २७ गते बिहान राकेशले सुटर सिंह र रौनियारलाई विराटनगर हाटखोलाका जितुको घरको रेकी गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्यापछि १ लाख ६७ हजार दिने भन्दै रोकेश दिउँसो होटलबाट बाहिरिएर जनही ६ हजार दिएको पनि खुलेको छ । जितुलाई मार्न भन्दै दुई युवा उनको घरसम्मै पुगे पनि व्यापारी जितु घरमा नभेटेपछि उनीहरु चामल किन्नु थियो भन्दै आफन्तलाई भेटेर फर्किएको बताइएको छ ।

योजना असफल भएपछि उनीहरुले होटल परिवर्तन गरी मेट्रोसिटी पुगेका थिए । त्यहाँ मदिरा सेवन गर्दै नाजगान गर्दा जेठ २७ गते राति हतियार देखिएपछि प्रहरीसम्म खबर पुगेको थियो । प्रहरीले सिंहलाई लगत्तै पक्राउ गरेको थियो । रौनियार भने भागेका थिए । उनीहरुविरुद्ध संगठित अपराध र हात हतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्