वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतद्वारा क्लिन–स्विप

<span class='c1'>वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी</span> <span class='c2'>ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतद्वारा क्लिन–स्विप</span>

काठमाडौं साउन २२। वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो ।टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो ।

उसका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन जोडे । बलिङतर्फ भारतका दिपक चाहरले तीन विकेट लिए ।जवाफमा १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा रिसभ पन्तको ६५ रन तथा विराट कोहलीको ५९ रन महत्वपूर्ण रह्यो ।जितसँगै भारतले क्यारेबियन भूमीमा खेलिएका तिनवटै टि–ट्वेन्टी खेल जित्दै श्रृंखला क्लिनस्विप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्