सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् ।
साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा समेत डेंगुको महामारी फैलदो क्रममा छ । धरानमा डेंगुको महामारी नियन्त्रणमा नआँउदा बिरामीको संख्या बढ्दै गएको छ । यसले धरान क्षेत्रका अस्पतालहरुमा बिरामी राख्न समस्या हुन थालेको छ । धरान स्थित विपी कोइराला स्वास्थय बिज्ञान प्रतिठानको इमरजेन्सी वार्ड डेंगुका बिरामीले भरिएको छ ।
यस्तै वच्चा वार्डमा समेत बेड पाउन समस्या हुन थालेको छ । यसैगरि धरानका विजयपुर अस्पताल र मञ्जुश्री पोलीक्लिनकमा बिरामी भर्ना गर्न समस्या हुन थालेको छ । डेंगुका कारण धरानमा मात्रै तीन जनाको ज्यान गएको बताइए पनि धरान उप महानगर पालिकाले भने बिरामी र मृतकको तथ्यांक समेत राख्न सकेको छैन । धरान उप महानगरका स्वास्थ्य शाखाका प्रमुख रामबावु यादबले धरानमा फैलिएको डेंगुको महामारी नियन्त्रणमा समस्या भएको बताए । उनले स्थानीयलाई सचेत गराउन नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको जानकारी दिए ।
धरानमा देखिएको डेंगु सेरोटाइप टु भाइरसले सार्ने गरेको छ । अहिले सम्म डेंगु सार्ने ४ प्रकारका भाइरस फेला परेको र ती मध्ये धरानमा भेटिएको भाइरस टु रहेकोे विपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठानका डाक्टर विजय कुमार खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्