कतार विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोट खेल्न नेपाली टोलीको प्रारम्भिक घोषणा

कतार विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोट खेल्न नेपाली टोलीको प्रारम्भिक घोषणा

काठमाडौं, साउन २२ । सन् २०२२ को कतार विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोट खेल्न नेपाली टोलीको प्रारम्भिक घोषणा भएको छ ।

मंगलबार नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले डाकिएका ३६ खेलाडीबाट पाँच खेलाडीलाई छाडेर पहिलो चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथू, विशाल श्रेष्ठ, डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रञ्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे रहेका छन् ।

त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुवास गुरुङ छन् ।

त्यस्तै, स्ट्राइकरमा विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास र विमल घर्तीमगर छन् ।

विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन् ।

दोस्रो चरणको छनोट आउँदो भदौ १९ देखि सुरु हुँदैछ ।

‘होम एन्ड अवे’का आधारमा खेलाउने भएपनि नेपालमा दशरथ रंगशाला तयार नभएकाले कुवेतमै होम खेल खेल्ने तयारी रहेको छ । नेपालले पहिलो खेल कुवेतसँग कुवेतमा भदौ १९ गते खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्