आज पूर्वका नौ जिल्ला बन्द आह्वान , बिराटनगरमा बन्दको असर शुन्य

आज पूर्वका नौ जिल्ला बन्द आह्वान , बिराटनगरमा बन्दको असर शुन्य

बिराटनगर साउन 22 । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

वन्दको प्रभाव बिहानैबाट परेको छ । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार ठप्प रहेका छन् ।

प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, कलकारखाना पनि बन्द छन् ।साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो ।

१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

२०६६ सालदेखि आजको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।

बिराटनगरमा भने असर परेन 

आज आह्वान गरिएको वन्दको असर बिराटनगरमा भने परेको छैन । बिराटनगरका बजार, पसल, कलकारखाना तथा शैशिक क्षेत्र खुलेका छन् । बिराटनगरमा यातायात पनि चलिरहेको अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्