प्लाटिनम राउण्ड टेवलद्वारा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण

प्लाटिनम राउण्ड टेवलद्वारा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण

विराटनगर, २२ साउन ।

राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ ।
सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाधिकारीले सो ठाउँमा औपचारिक कार्यक्रमको आयोजना गर्दै उपचार केन्द्र परिसरमा वृक्षारोपण गरेका हुन् । उपचार केन्द्रको नियमित संरक्षण र सम्बद्र्धन गर्दै आएको आयोजक संस्थाले यसअघि नै परिसरलाई सिंगार्ने र हरियाली प्रबद्र्धन गर्ने उद्देश्यसहित त्यहाँ घेराबेरा गरेर चाइनिज घाँस लगाउने काम गरिसकेको आयोजक संस्थाका अध्यक्ष पंकज पारखले जानकारी दिए । कार्यक्रममाझ २ दर्जन बढी विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरिएको उनले बताए ।

कार्यक्रममा एरिया कोअर्डिनेटर रिसभ दाहाल, आइपिसी लोकेश टिवडेवाल, विराटनगर राउण्ड टेबल फाइभका चेयरमेन अश्विनी बंसल, विराटनगर सफायर राउण्ड टेबल एट्टिनका भाइस चेयरमेन विवेक राठीलगायत सहभागी भएका थिए । यसैगरी नेपाल डेकै अवसरमा पुष्पलाल चोकस्थित महिला जागृति आश्रममा र बैजनाथपुरस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा समेत वृक्षारोपण गरिएको थियो । आश्रममा बिआरटी फाइभ र सार्वजनिक माध्यमिक विद्यालयमा बिएसआरटी एटिनले वृक्षारोपण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्