बेलवारीमा भएको आगलागीबाट १६ लाख रुपयाँ बराबरको क्षति

<span class='c1'>बेलवारीमा भएको आगलागीबाट १६</span> <span class='c2'>लाख रुपयाँ बराबरको क्षति</span>

विराटनगर, २२ साउन । मोरङको बेलवारी नगरपालिका ११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती नै पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तथा मानवीय नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्