विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर, २३ साउन ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उनले आजै सार्बजनिक गरेका छन् । बिहीबार अष्ट्रेलिया तर्फ लागेका मेयर पराजुली त्यहाँ भएको समयमा सिड्नी र ब्रीसवेनमा बिशेष भेट्घाटको कार्यक्रम सहभागी हुने बताएका छन् । उनले नगरवासीलाई नै सम्बोधन गर्दै आफु अष्ट्रेलियाका बिभिन्न कार्यक्रममा सहभागी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्