लगानी भित्र्याउन प्रदेश १ सरकारले लगानी सम्मेलनको आयोजना गर्ने

<span class='c1'>लगानी भित्र्याउन प्रदेश १ सरकारले</span> <span class='c2'> लगानी सम्मेलनको आयोजना गर्ने</span>

विराटनगर, २३ साउन । प्रदेश नं. १ सरकारले लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सिएनआईले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन बारे जानकारी दिन विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले प्रदेशमा अधिकतम लगानी ल्याउन कै लागि लगानी मैत्री कानून बनाइदै गरेको जानकारी दिनुभयो ।

उहाँले धेरै पूर्वाधारहरु प्राथमिकता, समन्वय अभाव र अनुगमन नहुँदा समयमा सम्पन्न हुन नसकेको अवस्था रहेकाले प्रदेश सरकारले लगानी नीतिमा यस बारे विशेष व्यवस्था गर्न लागेको जानकारी समेत दिनुभयो । मुख्यमंत्री राईले प्रदेश सरकारले परियोजना बैंक बनाएको र परियोजनाको प्राथमिकीकरण गरेर लगानीका लागि निजी क्षेत्रलाई आव्हान गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रदेश नं. १ का प्रमुख सचिव सुरेश अधिकारी लगायतले आयात प्रतिस्थापन गर्ने उद्योगहरु स्थापना गर्न सकिए मात्रै पनि प्रदेशको मात्रै नभइ मुलुकको जिडिपी बढाउन सकिने बताउनुभयो । सहभागिहरुले व्यवस्थित शहर निर्माण गर्नुपर्ने विचार व्यक्त गर्दै दुरदराज सम्म खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारहरु निर्माण गर्दा लगानी बढी लाग्ने भएकाले व्यवस्थित शहरको विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्