विराटनगरको राधाकृष्ण रथयात्रामा सडक समस्या, यस बर्ष रथ निकाल्न सकस (भिडियो सहित)

विराटनगरको राधाकृष्ण रथयात्रामा सडक समस्या, यस बर्ष रथ निकाल्न सकस (भिडियो सहित)

प्रेम देवान ।
विराटनगर, २३ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिँदै छ । अबको १६ दिन पछि निष्कने रथ यात्राकोलागि यो बर्ष निकै चुनौती देखिएको छ । अस्तब्यस्त सडकका बिचमा रथयात्रा निस्कन्छ की निस्कँदैन भन्ने आम नागरिकको चासोको बिषय बनेको छ ।
रथ यात्राको दर्शन गर्न विराटनगरका मात्र हैन विराटनगर बाहिरका सर्बसाधारणको निक्कै ठुलो भिड लाग्ने गरेको छ । भगवान प्रतिको आस्था बोकेर आउने श्रदालु भक्तजनलाई निक्कै समस्या हुने देखिन्छ ।
ईतिहाँस धान्न सडक बाधक
वि.स. १९८८ सालदेखि खटयात्राबाट सुरुभएको युगल जोडी भगवान राधाकृष्ण रथयात्रा २०२५ सालमा रथयात्राको रुपमा परिणत गरिएको हो । भारतको जग्गनाथपुरीपछिको एसिया कै दोस्रो ठूलो रथयात्राको रुपमा बिराटनगरको रालधाकृष्ण रथयात्रालाई लिने गरिएको छ ।
रथ यात्रा कुदाउनको लागी चिल्लो सडक चाहिन्छ तर यसपटक भने त्यस्तो सडक विराटनगरमा कुदाउन लायक भने छैन । सडकका धेरै स्थान खनेर त्यसै छाडिएका छन् । त्यति मात्र हैन निर्माणधीन सामाग्रीहरु सडकका किनारामा त्यसै छाडिएका छन् ।
सडक अस्तब्यस्त अबस्थामा हुँदा यो बर्षको रथयात्रा कसरी गर्ने भन्ने अन्योल छ । अर्को कुरा सडकका पेटीहरुमा स्ल्याप लगाईएका खुल्ला हुँदा दुर्घटनाको जोखिम छ । विजुली, टेलिकम र ईन्टरनेट लगायतका तारहरु विच सडकमा जताततै लत्रिएका छन् । यसकालागि महानगरसँग समन्वय गरेर समस्याको समाधान गरिने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।
सडकमा पिच हुदैन तर पिच बराबर कै अवस्थामा रथ कुदाउने बाटो बनाउने तयारी भईरहेको ओझाले बताए । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्रा हेर्नको लागि नेपालबाट मात्र हैन भारतको विभिन्न स्थानबाट पनि भक्तजनहरु आउने गरेकाछन् । रथ यात्रा बिराटनगर १ पानीट्यांकी स्थित राधाकृष्ण मन्दिरबाट हरेक बर्ष कृष्ण जन्मअष्टमीको भोलीपल्ट लिकालिँदै आएको छ ।
रथ यात्राका दिन विराटनगरमा लाखौँ भक्तजनहरुको घुईँचो लाग्नुका साथै रथयात्राको डोरी तान्न धेरै भक्तजनहरु पुग्ने गरेका छन् । तर विराटनगरको निर्माणधीन अवस्थामा रहेको सडकका कारण रथ यात्रा तान्न निकै समस्या हुने सम्भवना छ । यसकालागि बिराटनगर महानगरपालिकाले खाल्डाखुल्डी भएको स्थानमा बालुवा र गिटी ,माटो लगाएर सम्याउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । अघिल्लो वर्षका दिन भन्दा राम्रो र भव्य रुपमा रथ कुदाईने पराजुलीको भनाई छ ।

https://www.facebook.com/ourbrt/videos/474788963098971/?v=474788963098971

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्