१९ मंसिर २०७६, बिहीबार

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो ग्लोबल टी–२० लिगबाट बाहिरियो

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । बिहिबार राति भएको ईलिमिनेटर खेलमा टोरन्टो नेसनल्स विन्निपेग होक्ससँग डकवर्थ लेविसका आधारमा दुई रनले पराजित भयो । जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ ।

दुई सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७.१ ओभरमा दुई सय एक रन जोड्दा खेल बनाउँदा खेल अवरुद्व भएको थियो । खराव प्रकाशका कारण  डकवर्थ लेविसका आधारमा होक्स विजयी भएको हो ।  होक्सको जितमा जेपी डुमिनीले अविजित ८५ रन बनाए सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । विजयी होक्समा रहेका नेपालका अर्का बलर सोमपाल कामी भने टोलीमा अटाउन सकेका थिएनन् ।

यसअघि पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । टोरन्टोका लागि हेनरिक क्लासेनले अविजित एक सय ६ रन बनाए पनि टोलीको हार टरेन । रोड्रिगो थोमसले ७३ रन बनाए । एजेन्सी

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस