रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रबिन्द्र बराल
रंगेली २४ साउन ।
हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
मोरङको रंगेली नगरपालिका ९ मा गत असार २० गते भएको बलत्कार घटनालाई गाउँमै मिलाउने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गरेकोे हो ।

यस्तो थियो घटना प्रकृति
गत असार २० गते रंगेलीकी एक किशोरी माथि गाउँका ३ युवाले सामुहिक बलात्कार गरे । घटनाको बारेमा किशोरीले परिवारलाई सबै कुरा सुनाईन् । त्यो बारेमा जानकारी पाएका पीडित परिवार गाउँका ठुलाबडाकोमा गएर घटना प्रहरी कार्यालयमा लैजनु पर्छ भन्ने पक्षमा थिए, तर भईदियो अर्कै । आर्थिक अबस्था अत्यन्त बिपन्न रहेका ति परिवारलाई आर्थिक प्रलोभन देखाईयो अनी घटना मिलाउन खोेजियो । किशोरीलाई पैसाको कागज गरि घटना मिलाउन गाउँमै मिलापत्र भयो । घटना गुपचुपमा नै राख्न खोजियो । तर गाउँमा एकपछि अर्को गर्दै कुरा बाहिर आयो । यो कुरा प्रहरी कार्यालयसम्म पुग्यो ।
प्रहरी कार्यालयमा घटनाको बारेमा जानाकारी भएपछि प्रहरीले पीडितका आफन्तसँग सबै जानकारी लिएर घटनामा संलग्न ब्यक्तिहरुको खोजी शुरु गरेको थियो । प्रहरीको खोजकिो क्रममा रंगेली नगरपालिका ९ का अभिनय वजगाई, दिलिप कुमार मुर्मु, सुभाष राजबंशी, रामबहादुर राजबंशी, हेमलाल राजबंशी, शेखर गौतम र चित्र सेन राजबंशीलाई घटना मिलापत्र गराएको आरोपमा बिहिवार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराएको भन्दै शुक्रबार ईलाका प्रहरी कार्यालय रंगेलीले सार्बजनिक गरेको हो ।
कानुनको हात लामो हुन्छ भने झैँ समाजका सचेत नागरिकले प्रहरीमा ढिलै भए पनि जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ । किशोरीलाई सामुहिक रूपमा जबर्जस्ती करणी गर्ने रंगेली नगरपालिका ९ सखुवाथानका २५ बर्षीय रोमन मगर र २४ वर्षीय प्रीन्स अधिकारीलाई पक्राउ गरि आबस्यक कार्वाही समेत अगाडि बढाई सकिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
सामुहिक बलात्कारमा संलग्नको म्यादथप गरिएको र घटना मिलापत्र गराउने ब्यक्तिको हकमा समेत अनुसन्धान भईरहेको दाहालले बताए । घटनामा संलग्न गणेशप्रसाद दहाल, रेवत वहादुर काफ्ले र चेत बहादुर मगर भने फरार रहेकोले उनीहरुको खोजी भईरहेको प्रहरी निरीक्षक दहालले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्