बिराटनगरको सडक अनुगमन : राधाकृष्ण रथ निस्कनेमा शंका, रुटमा समस्यै समस्या

बिराटनगरको सडक अनुगमन : राधाकृष्ण रथ निस्कनेमा शंका, रुटमा समस्यै समस्या

प्रेम देवान,
विराटनगर, २४ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिनु पर्ने दिन हो । तयसको पुर्ब तयारी पनि शुरु भएको छ । रथयात्रा निकाल्नु पुर्ब अहिलेको सडकको अबस्था कस्तो हुने हो भन्ने मै अन्यौल देखिएको छ । अबको १५ दिन पछि रथ निकालिने सडकको अबस्थाको बारेमा सरोकारवाला संघसस्था लगायत रथयात्रा व्यवस्थापन समितिले शुक्रबार अनुगमन गरेको हो । बिहिवार आवर विराटनगरले सडकको अबस्थाको बारेमा आयोजकसँग जिज्ञासा राखेपछि आज सरोकारवालाहरुले सडकको अनुगमन गरेको हो ।
विराटनगर १ तिनपैनदेखि करिब ६ किलोमिटरको बाटोको अवस्थाको बारेमा टोलीले अनुगमन गरेको हो । राधाकृष्ण रथयात्रा व्यवस्थापन समिति, महानगरपालिका, विद्युत प्रधिकरण, नेपाल टेलिकम , ईन्टरनेट प्रदायक कम्पनी सडक तथा खानेपानीका प्रमुख सहित सुरक्षाकर्मी निकायका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सडक नै मुख्य समस्याको रुपमा देखिएको निश्कर्ष निकालेको छ । सडकसँगै जोडिएर आउने नाला, टेलिफोन तथा ईन्टरनेटका तारहरु, विजुलको पोल पनि समस्याको रुपमा देखिएको राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।
विराटनगर निर्माणको चरणमा रहेकोले यो बर्ष राथयात्रा समस्याका बिचमा निस्कने हो हैन भन्नेमा अन्यौल देखिएको हो । तर अनुगमन पछि टोलीले समस्या भएका ठाउँमा रथ कुदाउन मिल्नेगरी समस्या समाधान गर्ने भनि प्रतिबद्धता जनाएकोले समस्या समाधान हुनेमा आशा रहेको ओझाको भनाई छ ।
‘हामीले सबै सरोकारवालाहरुसँग छलफल गरिरहेका छौँ, ओझाले भने ‘रथ यात्रा कुदाउन अगावै सबै रथ यात्रा सम्पन्न हुनेगरी वातावरण बनाउँछौँ ।’ गत बर्ष राधाकृष्ण मन्दीरबाट शुरु भएको रथयात्रा महेन्द्र चोकसम्म मात्र ल्याएर फर्काईएको थियो । महेन्द्र चोकदेखि बरगाछिसम्मको सडक भत्किएको कारण समस्या हुने भन्दै फर्काईएकोमा यो बर्ष बजारको मुख्य सडक नै अस्तब्यस्त हुनुले रथयात्रा कसरी ब्यवस्थित हुने हो भन्ने आम नागरिकको भनाई छ ।
राधाकृष्ण मन्दिरबाट निस्किएको अनुगमन टोलीले विराटनगर तिनपैनी चोक, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक , महेन्द्रचोक हुँदै बरगाछीबाट पुन : मन्दिरसम्मको रथको रुटको अनुगमन गरेको थियो । बिद्युत प्राधिकरण विराटनगरका प्रमुख राजिवकुमार सिहले विजुलीको खासै समस्या नदेखिएको बताए ।
सिंहले समस्या देखिएका स्थानमा जतिसक्दो चाँडो भदौ ७ गते अगावै विजुलीका तारहरु हटाईसक्ने दाबी गरे ।
वि.स. १९८८ सालदेखि खटयात्राबाट सुरुभएको युगल जोडी भगवान राधाकृष्ण रथयात्रा २०२५ सालमा रथयात्राको रुपमा परिणत गरिएको हो । भारतको जग्गनाथपुरीपछिको एसिया कै दोस्रो ठूलो रथयात्राको रुपमा बिराटनगरको राधाकृष्ण रथयात्रालाई लिने गरिएको छ । रथको दर्शन गर्न विराटनगरबाट हैन भारतको विभिन्न स्थानबाट पनि श्रदालुभत्तजनहरु आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्