सकियो ‘प्याब्सन आँगन’, गायनमा एभरेष्टकी सिरिष्मा र नृत्यमा सगरमाथाका निशान प्रथम

सकियो ‘प्याब्सन आँगन’, गायनमा एभरेष्टकी सिरिष्मा र नृत्यमा सगरमाथाका निशान प्रथम

विराटनगर,२४ साउन ।  ‘प्याब्सन आँगन’ अन्तरगतको गायन बिधामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्य बिधामा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् ।
विराटनगरको बिरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९/९ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उपविजेता हुनेमा नृत्यतर्फ संस्कृति दाहाल, चिरान्सु शर्मा, सौमिका ढकाल, इसान श्रीपाली, मानस्वी खनाल, टिना थापा मगर, खुशी बज्राचार्य, लावन्ता सुब्बा, र ईक्षा सुब्बा भएका छन् । यस्तै गायनतर्फ प्राप्ती भट्टराई, सहिमा भुजेल, नेहारिका खनाल, प्रज्ञान तामाङ्ग, अनुभव तिमल्सिना, अनुराग प्रधान, नविन पौडेल, चुली सिंह र सुमिका सरदार रहेका छन् ।
‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा नृत्य र गायन विधामा १०/१० जना पुगेका थिए ।
विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएका थिए । तीन चरणको अडिसन पुरा गरेपछि फाइनलमा पुगेका हुन् । प्रतियोगिताको नृत्यतर्फको निर्णायकहरूमा गजित विष्ट, चन्द्र तामाङ्ग र राजेश घिसिङ्ग रहेका थिए भने गायनतर्फ महेन्द्र प्रेम श्रेठ, जेवी थुलुङ्ग रहेका थिए । उनीहरुलाई व्याब्सन केन्द्रीय सल्लाहाकार आषिश श्रेष्ठ, व्याब्सन केन्द्रीय सदस्य बासुदेव न्यौपाने, व्याब्सन पूर्व केन्द्रीय सदस्य सावीत्री पराजुली, व्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई लगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्