प्रधानमन्त्री रोजगार कार्यक्रम कतै सफल कतै असफल, विराटनगरमा राजश्व अभिबृद्धी अभियान

<span class='c1'>प्रधानमन्त्री रोजगार कार्यक्रम कतै सफल कतै</span> <span class='c2'>असफल, विराटनगरमा राजश्व अभिबृद्धी अभियान</span>

विराटनगर, २५ साउन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश १ मा सबैभन्दा बढी योजनाहरु सम्पन्न भएका छन् । योजना सम्पन्न गर्नको लागि संघीय सरकारले स्थानीय तहको घरधुरीको संख्या, जनसंख्या र दुर्गम क्षेत्रका आधारमा न्यूनतम ५ लाखदेखि एक करोडसम्म रकम प्रभानमन्त्री रोजगार कार्यक्रमको लागि पठाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भएका कामबारे केही ठाउँमा प्रश्न उठे पनि धेरै पालिकाहरुले राम्रो काम गरेर देखाएका छन् ।
भोजपुरको पौवादुम्बा गाउँपाालिकाकीे रोजगार संयोजक साबित्रा कार्की प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार खोज्ने र रोजगारीमा लगाउने काम पुरा भएको बताउँछिन् ।

ठाउँ र आवश्यकताअनुसार फरक फरक प्रकृतिका काम भएका छन् । पौवादुम्बामा सडक र नाली बनाउने काम भयो भने मोरङको बुढीगंगा गाउँपालिकामा चाहिँ बृक्षारोपण गरियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा आकर्षण देखिएको रोजगार संयोजक विकास श्रेष्ठ बताउँछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट छोटो समयमा कुलो, बाटो, शौचालयदेखि धर्मशालासम्म निर्माण भएका छन् । प्रदेश १ का पहाडी जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममा निकै आकर्षण देखियो भने सहरी क्षेत्रमा भने बेरोजगारको फर्म भरेर पनि धेरै काम गर्न आएनन् । आएकाहरुमध्ये पनि कतिले निर्धारित समय सिमा भित्र काम नगरेको विराटनगर महानगरपालिकाका रोजगार संयोजक दिनेशप्रसाद साहले बताए ।

विराटनगर महानगरपालिका भित्र फोहोर प्रशोधन केन्द्रमा बृक्षरोपण, फोहोर ब्यवस्थापनको लागि ढल जडान तथा सर्बेक्षण, राजश्व अभिबृद्धी अभियान अन्तरगत हरेक वडामा कर शिक्षा दिने काम पनि भएको साह बताउँछन् ।

प्रदेश १ मा अहिलेपनि ४३ जना रोजगार संयोजक खाली नै छ । तर देशभर नै सबैभन्दा बढी प्रदेश १ मा १ हजार ३ सय १० आयोजना सम्पन्न भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यो प्रदेशमा १७ हजार ४ सय ४७ जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्