बिराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मन्चको कार्यक्रम हुने

बिराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मन्चको कार्यक्रम हुने

बिराटनगर साउन २५

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा मारवाडी युवा मन्च बिराटनगरको आयोजना तथा बिराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुने भएको छ । साउन २७ गते सोमबार बिराटनगरको जैन भवनमा उक्त समारोह आयोजना हुनेछ ।  कार्यक्रमहरुमा  रक्त दान कार्यक्रम, नेत्र जाँच कार्यक्रम , दन्त प्रसिक्षण कार्यक्रम ,  सेराजेम प्रशिक्षण , लुगा दान कार्यक्रम , नेत्र दान कार्यक्रम लगायतका कार्यक्रम हुने कार्यक्रम संयोजक मोहित लालवानीले जानकारी दिए । कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजे सम्म हुने लालवानीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्