विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको अनियमितताको बिषय सदनमा पुग्यो

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको अनियमितताको बिषय सदनमा पुग्यो

विराटनगर, २५ साउन । १ नम्बर प्रदेशसभा सांसद नवोदिता चौधरीले क्रिकेट रंगशालामा भएको अनियमितताको खोजि गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद चौधरीले विराटनगर–१९ वैजनाथपुरमा भएको अनियमितताको छानविन गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले १ नम्बर प्रदेशलाई समृद्ध बनाउने लक्ष्य रहेको सरकारले बताएपनि काम कारबाहीका क्रममा भएका भ्रष्टाचारले त्यसलाई अवरोध गर्ने पनि बताउनु भयो ।
यसअघि रंगशालामा रहेको क्रिकेट पिच निर्माण गर्ने भन्दै उपभोक्ता समितिले कामै नगरी २६ लाख रकम लिएको सार्वजनिक भएको थियो । यस्तै संसदमा बोल्दै सांसद जयराम यादवले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसहितको टोली चिन भ्रमणमा गएको विषयमा सदनलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
प्रदेशसभामा बोल्दै सांसद प्रताप प्रकाश हाङमाङले कर छुटमा आफूहरुलाई पनि गाडी किन्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । यसैबीच शुक्रबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ संसदमा पेश गर्नुभएको छ ।

उहाँले हालको मनमोहन स्मृति पोलिटेक्निकलाई नै विश्वविद्यालयको रुपमा विकास गर्ने प्रस्ताव सहितको विधेयक संसदमा पेश गर्नुभएको हो । छलफलमा सांसद ओमप्रकाश सरावगी, सावित्रादेवी रेग्मी, सावित्रा जोशी, बिमल कार्कीलगायतले बोल्नुभएको थियो ।

अख्तियारको चासो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्