बिराटनगरमा कन्टेनरको ठक्करबाट साईकल यात्री स्वेताको मृत्यु

बिराटनगरमा कन्टेनरको ठक्करबाट साईकल यात्री स्वेताको मृत्यु

बिराटनगर ,श्रावण-२५ गते ।  विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो. सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्