प्रदेश सरकारले युवा दिवसमा सप्ताहब्यापी कार्यक्रम गर्दै, युवा चिकित्सकको साथ सचेतना अभियान

प्रदेश सरकारले युवा दिवसमा सप्ताहब्यापी कार्यक्रम गर्दै, युवा चिकित्सकको साथ सचेतना अभियान

विराटनगर, २५ साउन ।
सामाजिका विकास मन्त्रालयले युवा दिवस मनाउन बिभिन्न कार्यक्रम गर्ने भएको छ । सफा, स्वच्छ र स्वस्थ्य प्रदेश निर्माण गर्ने उद्देश्य अनुरूप साउन २७ गते कार्यक्रम गर्न लागेको मन्त्रालयले जनाएको छ ।

अन्तराष्ट्रिय युवा दिवसलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो पटक सप्ताहब्यापी कार्यक्रम गर्न लागेको जनाएको हो । सामाजिक विकास मन्त्रालयले  एक प्रेस विज्ञप्ती जारी गर्दै युवालाई सामाजिक कार्यमा परिचालन गर्नको लागि सचेतना जगाउने उदेश्यले पहिलो पटक साप्ताहब्यापी कार्यक्रम गर्न लागेको जनाए छ । संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अनुसार प्रदेश १ सामाजिक विकास मन्त्रालयले कार्यक्रम गर्नका लागि स्थानीय तह, युवा अभियानकर्मी, युवा सामाजिक संघरसंस्थाहरूलाई अभियान सफल पार्न गरेको मन्त्रालयका प्रवक्ता दिब्यराज कट्टेलले जानकारी दिए ।

सार्वजनिक लगायतका क्षेत्रमा सुर्तीजन्य पदार्थ बेचबिखन तथा प्रयोगमा नियमन गर्ने उद्देश्य अनुरूप सन्देशमूलक कार्यक्रम युवा चिकित्सकको आयोजनामा गर्ने तयारी गरेको छ । युवा चिकित्सकको अगुवाईमा हुने कार्यक्रमले युवाहरुलाई कुलतमा फस्न रोक्ने तथा त्यसको ओसार पसार र बिक्री बितरण रोक्नमा टेवा पुग्ने मन्त्रालयका प्रबक्ता कट्टेलले बताए । त्यस्तै सफा, स्वच्छ र स्वस्थ्य प्रदेश निर्माणमा युवाहरूको भूमिका प्रभावकारी बनाउनको लागि विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरिएको पनि मन्त्रालयले जनाएको छ । बिशेष गरी यो बर्षको अन्तराष्ट्रिय युवा दिवस युवा स्वास्थ्य र सरसफाईको अभियानमा केन्द्रित रहेको प्रवक्ता कट्टेलले बताए । विराटनगरमा वृक्षारोपण र नगर सरसफाई अभियान पनि संचालन गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्