मोरङका ५७ वटा स्काई क्लबको सक्रियता : अन्तराष्ट्रिय युवा दिवस मनाउन ४ सय बढी सहभागी

मोरङका ५७ वटा स्काई क्लबको सक्रियता : अन्तराष्ट्रिय युवा दिवस मनाउन ४ सय बढी सहभागी

विराटनगर, २५ साउन ।
मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा गठन भएका ५७ वटा स्काई क्लवले १९ औ अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाएको छ । सँधै सहरमा केन्द्रीत हुने युवा दिवस तथा कार्यक्रम र सम्मेलनहरु युवा तथा किशोर किशोरीको अग्रसरतामा ग्रामथान गाउँपालिकामा आयोजना गरिएको हो । १६ देखि २५ बर्ष उमेर समुहमा रहेका किशोर किशोरी तथा युवा लक्षित स्काई क्वलले समुदायमा आधारित युवा सम्मेलनको आयोजना गरेको हो ।
एक बर्ष अगाडि गठन भएका यी क्लबले समाजलाई सकारात्मक दिशामा अगाडी बढाउनको लागि भुमिका निर्वाह गरेको स्काई क्लबका कोच मित्र राईले जानकारी दिए ।
युवा दिवसको अवसर पारेर युवाहरुले बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बिराटनगर महानगरपालिकाको वडा नम्बर १९ र सुन्दर हरैँचा नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्षलाई बोलाएर समेत वडामा जाने बजेट कार्यान्वयनका प्रक्रिया, युवा सहभागीता र समावेशीताको बारेमा छलफल समेत गरेको छन ।
स्थानीय तहमा जाने बजेट कार्यान्वनयनको बारेमा युवाहरुले जानकारी नै नपाउने क्रम बढेको तथा वडाहरुमा युवा लक्षित स्काई क्लवले गर्ने गतिबिधिको बारेमा समेत वडा अध्यक्षहरु अनभिज्ञ देखिएपछि दोहोरो अन्तरक्रिया गरी समाजलाई सही दिसामा अगाडी बढाउन सहज भुमिका खेलिएको अर्का कोच भुवन बजगाईले बताए ।
स्काई क्लवले समाजिक रुपमा सकारात्मक सन्देश प्रवाह गर्नको लागि गाउँ तहमा नै युवाहरुले केही गर्न सक्छन् भन्ने उदाहरणीय काम गर्दै आएको जनाएको छ । झोराहाटमा रहेको स्काई क्लवकी टीम लिडर मनिषा बरालले स्काई क्लवले गाउँ स्तरमा रक्तदान कार्यक्रमको आयोजना, बाल बिवाह बिरुद्धको अभियान संचालन गदै आएको बताईन् । त्यस्तै क्लबले सहरी सडकमा जेब्रा क्रसिङ निर्माण देखि ग्रामिण सडकमा मर्मत गर्ने सम्मको काम भएको बराल बताउँछिन् ।
प्हिलो पटक तीन वटा गाउँपालिका सहित विराटनगर महानगरपालिकाको एउटा वडा र सुन्दर हरैँचा नगरपालिकाको एउटा वडालाई समेटेर स्काई क्लबले युवा दिवस मनाई रहँदा ति युवाका अभिभावकपनि उत्साहित देखिएका छन् । झण्डै ४ सयको सहभागीतामा रहेको भनिएको कार्यक्रममा स्काई क्लब स्तरिय बक्तृत्वकला प्रतियोगिता तथा नृत्य प्रतियोगिता आयोजना भएका छन् । कार्यक्रममा पालिकाका उपाध्यक्षहरु समेत उपस्थित थिए । स्काई क्लब गठन, परिचालन र संचालनको काम वल्र्ड भिजनको साझेदारीमा एमडिएमएसले संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्