संघीय सरकार अन्तर्गत विराटनगरका ११ सरकारी कार्यालयको छड्के अनुगमन, कहाँ के देखियो

<span class='c1'>संघीय सरकार अन्तर्गत विराटनगरका ११ सरकारी</span> <span class='c2'>कार्यालयको छड्के अनुगमन, कहाँ के देखियो</span>

विराटनगर, २५ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित भई सेवाप्रवाह बारे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित संघीय सरकार अन्तर्गतका ११ वटा कार्यालयको छड्के अनुगमन गरेको छ ।

अनुगमनका क्रममा ४१ जना अधिकृत तहका कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको मोङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो । उनीहरुलाई सुरुमा स्पष्टिकरण सोधिने र सन्तोषजनक जवाफ नआए निजामति सेवा ऐन अनुसार कारवाही गरिने बताउनु भयो ।

चार वटा समूहमा गरिएको अनुगमनमा कोशी अस्पतालमा १७ जना, आन्तरिक राजस्व कार्यालयमा ६ जना, संघिय आयोजना कार्यान्वयन इकाईमा ६ जना, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र सडक डिभिजन कार्यालयमा ४÷४ जना अधिकृत स्तरका कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । यसैगरी सहायक स्तरका ७१ जना र कार्यालय सहायक तथा हलुका सवारी चालक २६ जना कर्मचारी पनि कार्यालय समयमा अनुपस्थित रहेको अनुगमनका क्रममा भेटिएको थियो ।

प्रत्येक जिल्लामा संघ र प्रदेश अन्तर्गतका कार्यालयहरु रहेको भएपनि संघ अन्तर्गतका कार्यालयहरुमा कर्मचारीको उपस्थिति, सेवाग्राही प्रतिको व्यवहार तथा कार्यालयको सरसफाई बारे अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सेवाग्राहीहरुले भने प्रदेश सरकारले पनि आफ्ना मातहतका कार्यालयहरुको अनुगमन गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्