विराटनगर महानगरपालिकामा भोली सार्बजनिक विदा

विराटनगर महानगरपालिकामा भोली सार्बजनिक विदा

विराटनगर, २६ साउन ।
विराटनगर महानगरपालिकाले ईद पर्बको दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । भोली (सोमबार) परेको बकर ईदलाई लक्षित गरी सार्बजनिक बिदा दिने निर्णय गरिएको बिराटनगर उपमहानगरपालिकाकी कार्यवहाक मेयर ईन्दीरा कार्कीले जानकारी दिईन् । विराटनगर महानगरपालिकाको २६ गते भएको निर्णय अनुसार मुस्लिम धर्मालम्वीहरुको महान चाड ईद–उल– अजहा पर्बलाई लक्षित गरी २७ गते सार्बजनिक विदा दिने निर्णय भएको कार्कीले बताईन् ।
मंगलवार महानगरपालिकाको नगर कार्यपालिका कार्यालय र अन्तरगतका कार्यालयहरु एवम नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरुमा सार्बजनिक विदा दिर्ने निर्णय भएको हो । मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद–उल– अजहाको अवसरमा शुभकामना समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्