स्वदेशी उत्पादन देश तथा विदेशमा नाम कमाउँदै, विराटनगरको फुजिमा २५ बर्षमा

<span class='c1'>स्वदेशी उत्पादन देश तथा विदेशमा नाम</span> <span class='c2'>कमाउँदै, विराटनगरको फुजिमा २५ बर्षमा</span>

विराटनगर । विगतका समयमा बैंक तथा वित्तीय संस्था र पुर्वाधारहरुकोे विकास नभएकै कारण स्वदेशी उत्पादनले प्राथमिकता नपाएको प्रदेश प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्बाहाङले बताएका छन ।
फुजिमा आयलको उत्पादनको सफलताको २५ औं बर्ष पार गरेको उपलक्ष्यमा शनिबार विराटनगरमा आयोजना भएको जयन्ती समारोहमा बोल्दै तुम्बाहाङले स्वदेशी बस्तुको उत्पादनमा गौरब गर्नु पर्ने बताएका हुन् ।

उनले नेपाललाई विकासोन्मुखबाट विकसित बनाउनकालागि स्वदेशी उत्पादनमा जोड  दिर्नु पर्ने बताएका हुन् । नेपाली बजारलाई विदेशी उत्पादनको भरमा पारेर स्वदेशी बस्तुलाई पलायन गर्ने भएपनि अब त्यो दिन बिस्तारै हट्दै गएको स्मरण गर्रा । उनले थप प्रतिस्पर्धात्मक बनाउन फुजिमा आयलले गरिरहेको कार्य सराहनीय भएको प्रदेश प्रमुख तुम्बाहाङको भनाई छ ।
कार्यक्रममा बोल्दै फुजिमा आयल कम्पनी प्रा. लि का प्रबन्ध निर्देशक सुबोध कोईरालाले लुब्रिकेन्टसको बजारमा फुजिमा आयलले ४० प्रतिशत हिस्सा ओगटको दाबी गरे । उनले अधिकांश नेपाली जनता विदेशी उत्पादनमा निर्भर रहेको अवस्थामा नेपालका लागि यो ठुलो उपलब्धि भएको बताए ।
फुजिमाले नेपालकै पहिलो ट्रान्सफर्मरमा हाल्ने तेल समेत उत्पादन शुरु गरिसकेको जानकारी दिए । विगतका २५ बर्षमा कारोबार सँगसँगै नेपाली उपभोक्तामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सोचको समेत विकास गर्दै आएका उनको भनाई छ ।
वि.सं. २०५० सालमा घरेलु उधोगका रुपमा स्थापना भई हालसम्म सञ्चालन हुँदै आएको फुजिमा आयलले नेपाल लगायत वैदेशिक बजारमा पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भएको कम्पनीका ब्राण्ड एम्बसडर हाँस्य कलाकार शिवहरि पौडेलले बताए । समयसँगै आफुलाई अद्यावधिक गर्दै आएको फुजिमा आयलले युके, दुबईका कम्पनीसँग सहकार्य गर्दै निरन्तर आफ्ना उत्पादनहरु बजारमा ल्याई नेपाली जनताको मन जित्न सफल भएको उनको भनाई छ ।
कार्यक्रममा फुजिमा आयलले उक्त कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुयाउने सम्बन्धित सबै जिल्ला वितरकहरुलाई सम्मान गरेको छ । सोही क्रममा फुजिमाले कम्पनीको स्थापनाकाल देखि नै कार्यरत रहेको एक कर्मचारीलाई समेत सम्मान गरेको छ । कम्पनीले ब्राण्ड एम्बसेडर समेत रहेका हाँस्य कलाकार शिवहरि पौडेल र महानायक राजेश हमालको उपस्थितीमा आफनो स्मारिका पुस्तक विमोचन गरेको छ ।
फुजिमा आयलले हालसम्म भने कन्ट्रोल लुब्रिकेन्टस, म्याजिक लुब्रिकेन्टस र रोयल लुब्रिकेन्टसको सफलतापुर्वक आफ्ना ३ वटा उत्पादनहरु बजारमा ल्याईसकेको छ । फुजिमा आयल कम्पनीले प्रत्यक्ष रुपमा दुईसय जनालाई रोजगारी प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्